काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मार्क्सवादमा जति शक्ति र ऊर्जा संसारको कुनै अन्य सिद्धान्तमा नभएको बताएका छन् ।शनिबार काठमाडौँमा लेखक तिलक शर्मा ‘हिमाल’को संस्करण संग्रह ‘बन्द पर्खाल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मार्क्सवादमा जति शत्ति, अन्य सिद्धान्तमा नभएको मार्क्सवादप्रति आफू कति जिम्मेवार छौँ भन्ने कुराले अर्थ राख्ने बताए ।
उनले भने, ‘मार्क्सवादमा जति शक्ति मार्क्सवाद जति ऊर्जा यो दुनियाँमा अरु कुनै सिद्धान्तमा छैन । त्यही भएर सवाल कहाँनिर हो त भन्दा हामी मार्क्सवादप्रति कति जिम्मेवार छौँ ।’
लेखक शर्माको संग्रहमाथि टिप्पणीमा लामो समय बिताएका सापकोटाले ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरू कलमले नभई मुटुले लेखिएको टिप्पणी गरे । उनले भने, ‘संस्करण संग्रह ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरुले कलमले होइन मुटुले लेखिएका छन् । किताबको पहिलो पृष्ठदेखि अन्तिमसम्म यस्तो पनि हुनसक्ला र भन्ने कुरा कहीँ पनि लेखिएको छैन । यति इमानदारितपूर्वक, जिम्मेवारीपुर्वक किताव लेखिएको छ कि वास्तवमा भन्ने हो भने त्यसले धेरै नै छुन्छ । लेखकीयप्रति इमानदार हुनु, निष्ठावान त छँदै छ तर विचार निर्माणको सवालमा नै मुख्य कुरा हो ।’
आफूले जनयुद्धका दिनहरु सम्झिँदा मुटुबाट रगतका धाराहरु झरेजस्तै अनुभुती हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा
अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा
गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा