बुटवल। बुटवलबाट सुर्खेतका लागि छुटेको यात्रुबहाक बस दाङको देउखुरीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् ।लमही नगरपालिका–३ वनगाउँमा दुई वटा बस एक-आपसमा ठोकिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एक-आपसमा ठोकिएका थिए ।दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बुटवल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना
भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते
भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
मकवानपुरको चुरियामाईमा बस दुर्घटना, १७ जना घाइते