काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ का कमलसिंह ऐरीले इनिङको दोस्रो बलमै विकेट लिएका छन् । चोटका कारण दुई वर्ष मैदानबाट बाहिर रहेका कमलले सानदार पुनरागमन गर्दै इनिङको दोस्रो बलमा वुल्भ्सका कप्तान नेइल रकलाई पभेलियनको दिशा देखाए ।
कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन)मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध इनिङको पहिलो ओभरमा नै बलिङ गर्ने अवसर पाएका हुन् । खेलमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्डले दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर १८ रन बनाएको छ ।
यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ ।
तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमालको शतकको बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग पराजित
आयरल्यान्ड ‘ए ’ ले नेपाल ‘ए’ लाई ११४ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
ललित राजवंशी लिए आयरल्यान्ड ‘ए’ को आठौँ विकेट
पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट