नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, १२ : २९
नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस