मुगु । मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
घाइते एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै
मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी
मुगुमा नूनको कोटा बढाउन माग
चिसो बढेपछि मुगुमा एक महिना विद्यालय बन्द
अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख
मुगुमा घाटी रेटिएको अवस्थामा एकै परिवारका चार जनाको शव फेला