काठमाडौ । थाइल्यान्ड र म्यान्मारको सीमा नजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
बैंककस्थित राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको छ।
शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको जहाजबाट नेपाल पठाएको बैंककस्थित दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता
स्वदेश फर्के चिनियाँ उपविदेश मन्त्री सुन
स्वदेश फिर्किए प्रहरी महानिरीक्षक कुँवर