काठमाडौं। काठमाडौंको दरबारमार्गमा नेपालकै पहिलो र भव्य होली 'पून्ही फेस्टिबल' हुने भएको छ ।युनेस्को तथा दरबारमार्ग विकास बोर्डको इनिसिएसनमा यही चैत ११ गते हुने फेस्टिबललाई आर्बिटरी इभेन्टले आयोजना गर्न लागेको हो ।उक्त इभेन्टलाई देशकै पहिलो इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले प्रायोजन गरेको छ ।
होलीको सन्दर्भ पारेर नेपालमा यति ठूलो इभेन्ट पहिलोपटक हुन लागेको हो ।खानाको अनेकौं स्वाद, रंग र संगीतको सुर तथा तालमा सजिने यस इभेन्टमा एबेस थापा, डीजे बीपीएम, डिजे डिएएन, भीइके लगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।इडीएम संगीतका साथ रेइन डान्सको रौनकले दरबारमार्ग छाउने छ ।
होलीको सांस्कृतिक पक्षको महत्व उजागर तथा सद्भाव एक-आपसमा फैलाउने र विदेशी पर्यटकलाई रंगहरूको पर्व होलीसँग परिचित गराउँदै मनोरञ्जन दिने इभेन्टको प्रमुख उद्देश्य छ ।
जसमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुने यस इभेन्टमा १ लाख भन्दा बढि दर्शकको उपस्थित हुने आयोजकको अनुमान छ ।दर्शकको सुरक्षा तथा इभेन्टको सफल व्यवस्थापनका लागि स्वयंसेवकको चुस्त व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रानाथारू बस्तीमा होलीको उल्लास
जनकपुरधाममा आज पनि होली मनाइँदै, मधेश प्रदेशमा बिदा
आज मधेशका जिल्लामा होली मनाइँदै
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली
ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली
होलीमा ३० हजार प्रहरी परिचालन, काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट