एजेन्सी । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।
अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो ।
बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।
विस्फोटमा परेकाहरुको उपचार कान्दहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसमा भइरहेको छ । बीबीसीले यो घटना यस वर्षको सबैभन्दा ठूलो विस्फोटको घटना हुन सक्ने पनि जनाएको छ ।
कान्दाहार तालिबान सत्ताको केन्द्र हो । तालिबानका सुप्रिम कमाण्डर यहीं रहन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु
आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु
विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते