डोटी। जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो ।
कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।
वृद्ध अवस्थामा रहनुभएकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधाअन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारी बोगटीले आज गाउँपालिकाका उपाध्यक्ष निर्मला ओली, वडाध्यक्ष मानबहादुर सिंह लगायतको उपस्थितिमा वृद्धा ओलीलाई नागरिकता प्रमाणपत्र दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले घरमै नागरिकता दिएपछि वृद्धाका नाति रामबहादुर ओलीले डोटी प्रशासन, जनप्रतिनिधि तथा अभियानकर्मी लगायतका सहयोगी सबैलाई धन्यवाद दिए ।
स्थानीय दलबहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताए ।
उनको नागरिकताका लागि जनप्रतिनिधिसँग आवश्यक समन्वय गरेपछि वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको डुम्रेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस
काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सेवा
अनलाइनबाट नागरिकता सिफारिस
जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ: गृहमन्त्री लेखक