वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माण सुरु

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, ११ : ५१
वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माण सुरु

सुर्खेत । राजधानी वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्कको निर्माण कार्य सुरु भएको छ । बुधबार मुख्यमन्त्री राजकुमार शर्माले दुई वटै पूर्वाधार कार्यको शिलान्यास गरेका छन् ।

यी दुईवटा संरचना वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा बन्न लागेका हुन् । ४ करोड ५९ लाख लागत रहेको संरचना निर्माणको जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौँले लिएको छ ।

निर्माण हुने संरचना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिज निर्माण र इन्डोर क्रिकेट निर्माण हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको उनको भनाई छ । यसअघि कालिन्चोकमा पनि क्रिकेट मैदान बनिरहेको छ । दुई वटा खेलकुद मैदान आवश्यक हुने भएकाले बनाउन लागिएको उनले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले दसौँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वको रूपमा विकास हुने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस