काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो ।२१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो ।
‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले भने, ‘समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले गर्छौं ।’ स्थगित भएको दबाब यात्रा कहिलेबाट गर्ने भन्नेबारे भने रास्वपाले निर्णय लिएको छैन ।
२१ फागुनबाट रास्वपा सरकारमा गएपछि विकास आयोजनामा दबाब यात्राले निरन्तरता पाएको छैन । यसबीचमा ३ वटा मात्रै आयोजनामा रास्वपाले दबाब यात्रा गरेको छ । २१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौं यात्रा गरिएको थियो ।
२० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नु अघि रास्वपाले नारायणगढ–बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने रास्वपा सुदूरपश्चिमको निर्णय
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा सभापति चयन
झापामा रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा
अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे : प्रमुख सचेतक परियार
उपनिर्वाचन हुने यी २६ स्थानमा रास्वपाले दियो उम्मेदवारी
८ मंसिरदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने