काठमाडौँ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित टुण्डी हाईड्रोपावरद्धारा संचालित साउथ एसियन कन्ट्रक्सनमा काम गर्ने नुवाकोट घर भएका ३१ वर्षीय भिम बहादुर मगरको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।
हाईड्रो पावरको सुरूङभित्र विद्युत सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ बस्ने ३६ वर्षीय धनराज सलामीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै सहदोर दाइ रेसम सलामीको घरको ढलान गर्ने क्रममा ढलानमा प्रयोग हुने भाईभरेट मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु
करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु