काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धान मञ्च एवं उपभोक्ता संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपभोक्ता अदालत अनिवार्य रहेको पनि बताए ।
उपभोक्ता अदालत स्थापना गर्न सके उपभोक्ताको हित, अधिकारलाई संरक्षण गर्न सकिने बताए । उनले सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औँल्याएकाले आफू छिटो भन्दा छिटो स्थापनाका लागि पहल गर्ने बताए ।
उनले आफू मन्त्री रहँदा नै उपभोक्ता अदालत स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले आफू मन्त्री हुँदै उपभोक्ता अदालत स्थापनाको गर्ने प्रतिबद्धता जनाए ।उनले उपभोक्ता ठगिएका विषयहरू सरकारको पहिलो प्राथमिकतामा नपर्दा उपभोक्ताहरू आधारभूत रूपमा अन्यायमा परिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौं : कानूनमन्त्री गिरी
सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्धः पदम गिरी