काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ ।
साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'सङ्घीय निजामती सेवा विधेयक, २०८०' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले 'सङ्घीय निजामती सेवा विधेयक, २०८०' संसदमा प्रस्तुत गर्नेछन् । सरकारले 'निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।
आजकै बैठकमा आ.व. २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) का विषयमा छलफल सुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
पूर्वराजा ज्ञानेन्द्रलाई सांसद न्यौपानेको चुनौती : ०८४ को चुनाव लड्नुस
म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन
पत्रकारले प्रधानमन्त्रीलाई सोधका प्रश्नहरूप्रति सूर्य थापाले जनाए आपत्ति
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै