देश सोचेको जस्तो सहज स्थितिमा छैन : नेता सिटौला

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १५ : ०९
देश सोचेको जस्तो सहज स्थितिमा छैन : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले देश सामान्य हिसाबले सोचेको जस्तो नरहेको बताएका हुन्  ।

नेता सिटौलाले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए । उनले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताए । उनले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्यूलाई बधाई दिँदै छौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ ।

म के आग्रह गर्न चाहन्छु भने तपाईँलाई पनि र प्रधानमन्त्रीज्यूलाई पनि देश तपाईँ हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ ।

समय त्यति सजिलो छैन ।’नेता सिटौलाले श्रमिकका समस्या समग्र रुपमा समाधान गर्नुपर्ने बताए । उनले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताए । 

प्रतिक्रिया दिनुहोस