शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन ढिलाइ भयो : कृष्ण सिटौला

सफल खबर संवाददाता

मंगलबार, ०४ मंसिर २०८१, १५ : ३४
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन ढिलाइ भयो : कृष्ण सिटौला

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन ढिलाइ भएको बताएका छन् । तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका उनले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन ढिला गर्न नहुनेमा जोड दिए।

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन ढिलाइ भएको बताएका छन् । तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका उनले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन ढिला गर्न नहुनेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने,‘दुई बन्दुकबिच त्रासमा परेर मारिएका वा बेपत्ता भएका मानिसहरूलाई न्याय दिलाउन बृहत् शान्ति सम्झौता गरेको हो । शान्ति सम्झौता तत्कालीन सात दल र विद्रोही माओवादीबिच भएको सम्झौता मात्रै होइन र आम जनतासँग गरिएको प्रतिबद्धता हो । त्यो पुरा गर्नुपर्छ । तर १८ वर्षसम्म पुरा भएन । शान्ति प्रक्रियाको महत्त्वपूर्ण काम बाँकी छ’, यो अति गम्भीर काम हो । यो जति ढिला भयो त्यति नै अनेकौँ हाँगाहरू पलाउने खतरा हुन्छ ।

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन जति ढिलो त्यति नै आपसमा अविश्वास बढ्दै जानेतर्फ उनले सचेत गराए । त्यतिबेला सात दल र माओवादीबिच विश्वासको स्तर भएपनि अहिले विश्वासको संकट गहिरिँदै गएकोमा सिटौलाले चिन्ता व्यक्त गरे ।   

त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने,‘दुई बन्दुकबिच त्रासमा परेर मारिएका वा बेपत्ता भएका मानिसहरूलाई न्याय दिलाउन बृहत् शान्ति सम्झौता गरेको हो ।

शान्ति सम्झौता तत्कालीन सात दल र विद्रोही माओवादीबिच भएको सम्झौता मात्रै होइन र आम जनतासँग गरिएको प्रतिबद्धता हो । त्यो पुरा गर्नुपर्छ । तर १८ वर्षसम्म पुरा भएन । शान्ति प्रक्रियाको महत्त्वपूर्ण काम बाँकी छ’, यो अति गम्भीर काम हो । यो जति ढिला भयो त्यति नै अनेकौँ हाँगाहरू पलाउने खतरा हुन्छ ।

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन जति ढिलो त्यति नै आपसमा अविश्वास बढ्दै जानेतर्फ उनले सचेत गराए । त्यतिबेला सात दल र माओवादीबिच विश्वासको स्तर भएपनि अहिले विश्वासको संकट गहिरिँदै गएकोमा सिटौलाले चिन्ता व्यक्त गरे ।   

प्रतिक्रिया दिनुहोस