एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्नु हुँदैन : नेता सिटौला

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १६ : ३५
एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्नु हुँदैन : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन सुझाव दिएका हुन्।‘सभापतिजीले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उहाँहरूलाई अवसर दिनुपर्छ’, सिटौलाको भनाई उधृत गर्दै एक नेताले बताए ।

साथै उनले एमाले चुनावमा मुख्य प्रतिस्पर्धी पार्टी रहेपनि अहिले एमालेसँग गठबन्धन भएकाले गठबन्धन जोगाएर सरकारलाई निरन्तरता दिनुपर्ने बताए । 

‘चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले नै हो । अहिले एमालेसँग गठबन्धन छ । सरकार पनि अघि लानुपर्ने अवस्था छ, गठबन्धन जोगाउनु पनि छ’, सिटौलाले भने, ‘तर, गठबन्धन जोगाउने भन्दै गर्दा ग्राउन्ड पनि जोगाउनु पर्छ । एमाले मुख्य प्रतिस्पर्धी हो भन्ने हामीले भुल्न हुँदैन ।’

प्रतिक्रिया दिनुहोस