चितवनमा छैठौँ राष्ट्रव्यापी लाखे नाच प्रतियोगिता हुने

शुक्रबार, २९ भदौ २०७५, १६ : २६
चितवनमा छैठौँ राष्ट्रव्यापी लाखे नाच प्रतियोगिता हुने

चितवन : लोक संस्कृतिको संरक्षणका लागि चितवनमा राष्ट्रव्यापी लाखे नाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा यस बर्षपनि नारायणगढ बसपार्क परिसरमा प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा देशभरबाट ४० वटा समुहले सहभागिता जनाउने शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । 
यहि असोज ३ र ४ गते हुन लागेको प्रतियोगिताको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र कुमार अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
२०६४ सालदेखि शुरु भएको प्रतियोगिता प्रत्येक दुई दुई बर्षमा हुने गर्दछ । गत बर्ष ३२ वटा समुहको सहभागिता रहेको प्रतियोगितामा यस बर्ष बढाएर ४० पुराईएको छ । प्रतियोगितामा प्रथम द्धितिय ,तृतिर र सान्त्वना हुने ४ समुहले क्रमशः ७५,५०,२५र१० हजार पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक निरजल लाल श्रेष्ठले जानकारी दिनुभयो । ५५ वटा समुहले सहभागिता जनाउने जानकारी आएको छ ,उहाँले भन्नुभयो,“यस बर्ष ४० वटा समुहलाई मात्र सहभागि गराउछौ । धेरै समुहलाई व्यवस्थापन गर्न असहज हुने भयो ।”
कार्यक्रम सम्पन्न गर्न ८७ सदस्यीय विभिन्न १४ वटा कमिटि निर्माण गरिएको निवर्तमान अध्यक्ष राजेन्द्र कुमार पियाले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस