काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो ।
आज पाशुपत क्षेत्रमा आयोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य संघ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा. निकोलस भुसालले जानकारी दिए ।
चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ । घर-घरमा ज्ञान, ध्यान र योग पुर्याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।
महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिणासहित पशुपतिबाट साधुसन्तहरुको बिदाई
पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिद्वारा पूजा अर्चना
अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन
महाशिवरात्रिमा २० लाख जना पशुपति आउने अनुमान