टी-२० आई सिरिज

नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, ११ : ०३
नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस