काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य गरिने बताइन् ।
दाताले रगत निःशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिँदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग गरिने मन्त्री शर्माले बताइन् ।
सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उनले हाम्रो देश विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोका रुपमा जोडेर लैजानुपर्ने बताइन् ।
रेडक्रस, ब्लड डोनर्स एसोसिएसनजस्ता सामाजिक संस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले त्यसलाई देशकै अभियानका रुपमा निरन्तर सञ्चालन गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ : मन्त्री शर्मा
सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा
सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छ : सञ्चारमन्त्री शर्मा
नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : मन्त्री शर्मा
संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो : सञ्चारमन्त्री शर्मा
गृहमन्त्रीमाथि छानबिन समिति बनाउनु पर्ने यथेष्ट तथ्य र प्रमाण भेटिएको छैनः प्रवक्ता शर्मा