काठमाडौं। सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सम्बन्धमा समिति बनाएरै छानबिन गर्नुपर्ने यथेष्ट प्रमाण फेला नपरेको बताएकी छिन् ।
लामिछानेमाथि लागेको आरोप सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् र स्वयं उनले संसदीय समितिमा कुरा राखिसकेको मन्त्री शर्माले बताइन् ।
सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारले सोधेको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले संसदीय छानबिन बनाउने गरी प्रमाण फेल नपरेको बताएकी हुन् ।
‘गृहमन्त्रीको विषयमा प्रधानमन्त्रीले संसद्मा बोलिसक्नु भएको छ, संसदीय समितिमा उहाँ स्वयंले बोलिराख्नु भएको छ । यथेष्ट तथ्य प्रमाण संसदीय छानबिन समिति बनाएरै छानबिन गर्नुपर्ने देखिएको छैन,’ उनले भनिन् ।
सहकारीको पैसा अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन गर्न माग गरेको छ । चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन समितिको प्रस्ताव नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ : मन्त्री शर्मा
सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा
सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छ : सञ्चारमन्त्री शर्मा
नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : मन्त्री शर्मा
संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो : सञ्चारमन्त्री शर्मा
नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न मित्रराष्ट्रको सहयोग आवश्यक छः मन्त्री शर्मा