काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन्।
बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको खानेपानी मन्त्री राजेन्द्रप्रसाद राईले जानकारी दिए ।
बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ । यस्तै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार