पशुपतिमा बढ्यो जोगी र साधुसन्तहरुको चहलपहल

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १५ : २८
पशुपतिमा बढ्यो जोगी र साधुसन्तहरुको चहलपहल

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागिता उल्लेख्य हुने गरेको छ । सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस