बारा । बाराको निजगढमा सोमबार दिउँसो शंकास्पद वस्तु विस्फोट हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ।
विस्फोटमा परेर गम्भीर घाइते भएका भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवालको पनि मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
भारतको गवाई घर भएका जैसवाल लेथका मिस्त्री हुन् ।निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु विस्फोट भएको थियो। विस्फोटमा गम्भीर घाइते भएका निजगढ ५ निवासी ४५ वर्षीय रेशम मगरको त्यतिबेलै मृत्यु भएको थियो। उनी लेथका सञ्चालक हुन्।
गम्भीर घाइते भएका मगरलाई उपचारको लागि बयोधा अस्पताल वीरगञ्जमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
विस्फोटमा परेर निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका ९ घर भएका ३४ वर्षीय फिरोज देवान, वीरगन्ज ९ का २० वर्षीय रितु रजत र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका थिए।
घाइतेमध्ये बयोधाको आईसीयूमा उपचार भइरहेका अरविन र रितुको अवस्था गम्भीर रहेको एसपी काफ्लेले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु
आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु
विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते