काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बैठकले नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताइएको छ ।
प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार यसअघिको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए ।
हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए। माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा उर्लदो उभार देखिएको छ
माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
जनतासँग माओवादी तराई-मधेस जागरण अभियान झापाबाट सुरु
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
माओवादीको तराई मधेस जागरण अभियान आजदेखि, यस्तो छ तालिका
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने