काठमाडौँ । समाजवादी मोर्चाले मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनताका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहँदासमेत समाधान नभएको भन्दै तत्काल समाधानका लागि पहल गर्न मोर्चाले आग्रह गरेको हो ।
समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति हुने गरेपनि पीडितका समस्या समाधान हुन नसकेको स्पष्ट पार्दै मोर्चाले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गर्न जोडदार माग गरेको छ ।
‘नेपाली श्रमिक जनता विशेषतः गरिब किसान र किसानहरु मिटरब्याज र लघुवित्तबाट चरमरुपले पीडित भएको अवगत नै छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् ।
समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति पनि हुने गरेका छन् । तथापि पीडित जनताका समस्या समाधान हुन सकेका छैनन्’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘हालै देशभरबाट मिटरब्याज तथा लघुवित्त पीडित जनता पैदलै लामो हिँडाइ पछि काठमाडौँ पुगेर न्यायका लागि संघर्ष गरिरहेका छन् । हाम्रो समाजवादी मोर्चा नेपाल पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दछ । साथै सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गरोस् भन्ने जोडदार आग्रह गर्दछ’।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच छलफल
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर घर पठायो
गृहमन्त्री रवि लामिछानेद्वारा आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल
मिटरब्याज पीडित वार्ता समितिका संयोजकसहित १३ जना बालुवाटारबाट पक्राउ
पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमालेको माग