नेपालगन्ज। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले सुशासनका पक्षमा ऐतिहासिक काम गरेको बताएका छन् । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यही कारण ललिता निवासको खर्बौंको जग्गा राज्यलाई फिर्ता आउनसकेको बताए ।
बाँसबारी छालाजुत्ताको जग्गासमेत राज्यलाई फिर्ता आउने विश्वास उनले व्यक्त गरे । अतिक्रमण वा कब्जा गरिएका सरकारी जग्गा फिर्ता ल्याउने तथा त्यस्तो गर्नेलाई कारबाही गर्ने प्रक्रिया प्राथमिकता साथ अगाडि बढाइएको उनले बताए ।
शक्तिको आडमा कोही बच्न नसक्ने भन्दै कसैको प्रभावमा नपरी ढुक्कसँग काम गर्न उनले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।
सोसफोर्सको पछि नकुद्न र राजनीतिक शक्तिको अवाञ्छित दबाब नझेली सेवा एवम् सुशासनमा दत्तचित्त हुन उनले निर्देशन दिए ।
गोष्ठीमा प्रदेशका १२ जिल्लाकै सुरक्षा अवस्था र चुनौतीबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विवरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल
संसद्मा गगन थापा माथी किन गर्जिए गृहमन्त्री लामिछाने ?
ओलीको धम्कीले काँग्रेस डराउँदैन : डा. शेखर कोइराला
गृहमन्त्रीविरूद्ध तरुण दलको प्रदर्शन
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीको जवाफ राज्य संयन्त्रले दिएको तथ्य हो : सांसद सापकोटा