काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गरेका छन्।
राससको ६३ औं वार्षिकोत्सवका उपलक्ष्यमा सोमबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा नभएकाले राससले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस् भन्ने कामना समेत गरेका छन्।
‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिङ्गो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरिसकेको छ,’ प्रधामन्त्रीको सन्देशमा भनिएको छ, ‘सूचना प्रविधिको तीव्र र दूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई प्रभावित गरिरहेको छ । २१ औं शताब्दीको आजको दुनियाँमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य विषयसमेत बनिसकेको छ । विश्वमा सूचना र प्रविधिको दूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्छ।’
सन्देशमा प्रधानमन्त्रीले राससले आफ्नो स्थापनादेखि नै नेपाली र अंग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिरहरू उपलब्ध गराउँदै आएको र पछिल्लो समय श्रव्यदृश्य सेवा प्रभावकारी तुल्याएकामा आभार प्रकट गरेका छन्।
उनले राससको संस्थागत हित र विकासका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना
जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- भावी पुस्ताले बिर्सन नमिल्ने दिन ‘फागुन ७’
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली