एजेन्सी । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले आज अर्थात् शुक्रबार भारत बन्दको घोषणा गरेका छन्।
संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानअन्तर्गत उक्त बन्द घोषणा गरिएको हो।
बीबीसी हिन्दीका अनुसार संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ। त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ।
यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकियो। उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।
भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ।
किसानको अर्को संगठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ फागुन २०८०, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु
स्वर्गद्धारी गुठी पीडित मोही किसानले थाले काठमाडौं केन्द्रित आन्दोलन
विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट शिक्षकले दिन थाले दबाब
प्रधानमन्त्रीसँगको भेटपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित
प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित