काठमाडौँ । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेको हो ।
उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
शुक्रबार दिउँसो दैलेख–सुर्खेत सिमाना रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ला नजिकै दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्खेतमा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो