चितवन । भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । अनुगमनको क्रममा समयमै कार्यालय नआएका ४० भन्दा बढी कर्मचारीलाई स्पष्टिकरण सोधेको हो ।
महानगरको प्रशासन शाखाले सबै कर्मचारीलाई माघ २८ गते कारण सहित स्पष्टिकरण दिन अनुरोध गरेको थियो । ‘हामीले अनुगमनको क्रममा कार्यालयमै नभएका कर्मचारीलाई स्पष्टिकरण सोधेका हौँ । अहिले नै कारबाही भन्दापनि सचेत गराउनका लागि स्पष्टिकरण सोधिएको हो’, महानगरपालिका स्रोतले भन्यो, ‘उहाँहरु धेरै त अफिसको कामले बाहिर जानु भएको छ । तर प्रकृया पुरा गरेर जानुहोस् भन्न मात्र खोजेका हौँ ।’
कार्यालयकै कामले अफिस बाहिर जाने कर्मचारीहरु पनि सम्बन्धित निकायलाई जानकारी नदिई जाने गरेको भेटिएको महानगरले बताएको छ । उनीहरुलाई सम्बन्धित निकायबाट स्वीकृत लिएर मात्र जान अनुरोध गरिएको स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम