काठमाडौं। नेपाली कांग्रेसको आगामी महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ ।आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा ७ सदस्य थप गरिएको हो ।
महासमिति बैठकमा आवतजावत गर्न आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सदस्य थप गरिएको हो ।
उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रेपलाञ्चोक), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ), सानुकाजी प्रजापति (काठमाडौं), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर)लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महासमिति बैठकमा १ हजार ६३ जनाको हस्ताक्षरसहित हिन्दूराष्ट्रको प्रस्ताव पेश
कांग्रेस महासमिति बैठक : प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेट
कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत सहभागिता नहुने