पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदीप पौडेल

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, १५ : ००
पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदीप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् । 
नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासँगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताए । 

उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली कांग्रेस अगाडि छ । तर, संगठन विस्तारले मात्रै पार्टीलाई समृद्ध बनाउन नसँकिदो रहेछ । संगठन सदस्यतासँगै सन्देश पनि सकारात्मक दिन सक्नुपर्ने रहेछ ।

पार्टी नेतृत्वले के गर्छ, त्यही आधारमा काठमाडौं महानगरपालिकाका सदस्यहरुले मानसिकता बनाउँदा रहेछन् । हाम्रो पार्टीले के विषयमा के दृष्टिकोण प्रस्तुत गर्यो त्यही आधारमा यहाँका नागरिकहरुले मानसिकता बनाउँदा रहेछन् ।

संसदमा बसेर नेपाली कांग्रेसले गरेका कामको आधारमा जनताले मानसिकता बनाउने भन्दै पौडेलले काठमाडौंमा पार्टीको दायरा बढाएर काम गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसले राख्ने विषयवस्तु समेत आम जनताले रुचाउने खालको हुनुपर्ने पौडेलको भनाई थियो । कुनैबेला संकटमा रहेको अथतन्त्र माथि उकास्न कांग्रेसले महत्वपूर्ण भूमिको खेलेको पौडेलले बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले नेपालकाने आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । अथतन्त्रसँग जुध्न कांग्रेसको विकल्प कसैले पनि दिन आर्थिक नीति ल्याउन सकेका छैनन् । ’ २०४८ सालको तुलनामा भौतिक विकास बढी भएपनि यहि अन्त्य नभएको नेता पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस