काठमाडौं । माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै छ । आज र भोली (शनिबार) बस्ने गरी माओवादी केन्द्रले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको हो ।
मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।
माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।
उनले भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छौँ । यसमा पार्टीले चलाएको जागरण अभियानबारे पनि छलफल हुन्छ ।’
बैठक राष्ट्रिय सभा गृहमा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । उनका अनुसार यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलकुद महासंघ सुनसरीका अध्यक्षसहितका नेताहरू माओवादी प्रवेश
हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा उर्लदो उभार देखिएको छ
माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
जनतासँग माओवादी तराई-मधेस जागरण अभियान झापाबाट सुरु
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
माओवादीको तराई मधेस जागरण अभियान आजदेखि, यस्तो छ तालिका