काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।आइतबार सम्पन्न दलको बैठकले बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए ।
यस्तैले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका सवारीमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको उनले बताए ।
युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्था लाई मध्यनजर गरी अप्ठ्यारोमा रहेका नेपाली युवाहरू लाई अविलम्ब स्वदेश फर्काउन पनि सरकारलाई आग्रह गरेको छ ।
यस्तै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ बिरामी भई हाल उपचारार्थ रहेकोमा उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल