आज बुहारी भित्र्याउँदै देउवा दम्पती, भोज अर्को महिना हुने

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, ११ : ०८
आज बुहारी भित्र्याउँदै देउवा दम्पती, भोज अर्को महिना हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा आज बिवाह बन्धनमा बाँधिदै छन् । उनले प्रेमिका शिवाना श्रेष्ठसँग आज लगनगाँठो कस्न लागेका हुन् ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको बताईएको छ ।

विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ । गत १९ जेठमा जयवीर र गायिकासमेत रहेकी शिवानीले इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस