काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : कहाँ कहाँ छ वर्षाको सम्भावना ?
आजको मौसम : यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना