काठमाडौ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा
रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ ।
आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिए । उनले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताए ।
आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन् जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ माघ २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै रहेको पुष्टि : गोकुल बास्कोटा
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
बझाङमा नेकपा एसको धरौटी जफत
इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम
झण्डै २२ हजार मत गन्दा पनि डाक प्रसादको शून्य मत !