भोजपुर । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् ।
कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आशिका तामाङ पक्राउ
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौँबाट अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ
क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठग्ने युवक पक्राउ
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ