काठमाडौँ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।
अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा नट आउट रहे । आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे । गण्डकीका सन्दीप पराजुलीले ६.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा अल आउट भएको थियो । गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए ।
पुलिसको जितमा तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । बागमती ९ खेलमा ६ मा जित र ३ मा हारसहित दोस्रो स्थानमा छ । मधेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।
आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंककासाथ चौथो स्थानमा छ । १० टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ । दोस्रो स्थानको लागि आर्मीको सबैभन्दा बलियो सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा
कृष्ण धितालले गरे ३० जनाकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने
गण्डकी प्रदेशको गौरव 'कोरोला–त्रिवेणी' सडक कालोपत्र गरिँदै