एजेन्सी । युरोपेली विमान निर्माता कम्पनी एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर बनाउने भएको छ ।
सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका क्रममा गरिएको हो ।
अब भारतमै एच१२५ हेलिकप्टर एसेम्बल र परीक्षण हुने छ । भारतमा हेलिकप्टर बनाउँदा मुलुकमा हेलिकप्टरको बजारको वास्तविक क्षमता थाहा हुने एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले बताए । एच१२५ हलुका नागरिक हेलिकप्टर हो र यसले छ जनासम्म ओसारपसार गर्न सक्ने छ ।
सन् २०२१ मा एयरबसले टाटासँग मिलेर पश्चिमी भारतीय राज्य गुजरातमा सी२९५ सैन्य यातायात विमानका लागि एसेम्बली लाइन स्थापना गर्ने निर्णय गरेको थियो । यस्तो समयमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एसिया–प्रशान्तमा धेरैभन्दा धेरै फ्रान्सेली साझेदारीमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ माघ २०८०, ०७ : ४६
लेखकबाट थप