हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अहिल्यै कांग्रेसले गठबन्धनको साथ छाडन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा पूर्वमहामन्त्री सिंहले संविधान जारी गर्दा र संविधान बचाउनसँगै हातेमालो गरेका दलहरुको साथ तुरुन्तै छाडन नहुने बताए ।
‘हामीले समस्या पर्दा उहाँहरूको साथ लिएर मुलुकलाई निकास दिएका छौं, अब अहिले आफूहरुको अवस्था सहज हुँदै गयो भन्दैमा दुःखमा साथ दिने दलहरुलाई एक्लै छाडेर हिँड्नु भएन नि’, उनले भने ।
नेता सिंहले नेपाली राजनीतिमा विश्वासको वातावरण भने कमजोर भएको आफूले महसुस गरेको उल्लेख गरे । उनले राजनीतिक दलहरुमा यस्ताखाले समस्या भए मुलुकले दुःख पाउने बताए ।
‘संविधान कार्यान्वयन र संघीयतालाई थप बलियो बनाउन संघले छिटोभन्दा छिटो ऐन-कानून बनाएर प्रदेश र स्थानीय तहलाई दिनुपर्छ’, उनले भने, ‘केही नयाँ भनिएका दलहरुले आममानिसमा व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएको भन्दै जनतामा भ्रम छर्ने काम गरेका छन् । ती दललाई २०६४ को व्यवस्थाअघि नेपाली जनताको अवस्था र २०४७ सालपछिको नेपालीको अवस्थाबारे बुझेर बोल्न अनुरोध गर्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
समस्याग्रस्त आयोजनामा समाधान खोज्नुस् : मन्त्री सिंह
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह