चरा ठोक्किएर निगमको एयरबस ग्राउन्डेड

पत्रपत्रिकाबाट

शनिबार, २३ भदौ २०७५, ०७ : ०६
चरा ठोक्किएर निगमको एयरबस ग्राउन्डेड

ठमाडौं । मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । 

कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको समाचारमा भनिएको छ, नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।  

तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो । 

समाचारमा उल्लेख भएअनुसार, शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्र/बाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेका थिए । 

प्रतिक्रिया दिनुहोस