स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन तोक्छ : सचिव पौडेल

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १३ : ५०
स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन तोक्छ : सचिव पौडेल

काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी स्थायी समिति बैठकबाट प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर हुने बताएका छन् । मंगलबार कुराकानी गर्दै उनले प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय समितिको जिम्मेवारी पहिलेकै अवस्थामा रहने जानकारी दिएका हुन् । 

 

उनले फेरबदल गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा जिम्मेवारी तोकिने बताए । ‘प्रदेश इन्चार्ज स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरूको जिम्मेवारी पहिलेकै हुने तर आवश्यक हेरफेर गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा गर्ने भन्ने छ,’ उनले भने

 

त्यसपछि विधान अधिवेशन गर्ने र पार्टीलाई फेरि पुनर्गठन गर्ने अभियानमा लाग्ने पौडेलले बताए । पुस २८ गते बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन विधान अधिवेशनसम्म यथावत् कायम गर्ने निर्णय गरेको थियो । 

 

जिल्ला इञ्चार्ज र अन्य केन्द्रीय सदस्यहरूलाई अभियानभन्दा पहिलेको यथास्थानको जिम्मेवारीमा पठाउने र कतिपय जिम्मेवारीहरू फेरबदल गर्नुपर्ने भएमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकले गर्ने भनिएको थियो । यसअघि साउन तेस्रो साता केन्द्रीय समिति बैठकले इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस