ऊर्जामन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै देवेन्द्रको दाबी- नेपालमा लोडसेडिङ अन्त्य भारतले गरेको होइन

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, १३ : ०८
ऊर्जामन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै देवेन्द्रको दाबी- नेपालमा लोडसेडिङ अन्त्य भारतले गरेको होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ऊर्जामन्त्री दिपक खड्काले भारतले लोडसेडिङ हटाएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतले गर्दा लोडसेडिङ हटेको भन्ने कुरामा सत्यता नभएको बताए।

उनले भने, ‘मन्त्रीले भारतले लोडसेडिङ अन्त्य गरेको हो। कुलमानले होइन भन्नु खेदजनक छ। नेपाल सरकारले १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने भनेका छौँ। कुनै बेला नेपालमा अन्धकार हुँदा केही साटफेर गरेको सत्य हो। तर, लोडसेडिङ अन्त्य गरेको भारतले होइन। नेपालकै परियोजनाहरूको चुहावट रोकेर सफल भएको हो।’

कुलमान घिसिङलाई हटाएपछि सरकारले जनताको पक्षमा छ कि बिचौलियाको भन्ने प्रष्ट भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस