काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दैछन् । मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् ।
सभामुखले आसन्न संसद्को हिउँदे अधिवेशन लगायतका समसामयिक विषयमा छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
छलफलमा एमाले सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका छलफलमा सहभागी हुन सभामुखको कार्यालयमा पुगेका छन् । यता नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने जिल्लाका कार्यक्रममा व्यस्त भएकाले बैठकमा सहभागी छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे