आइसीसी यू-१९ विश्व कप : बंगलादेशको पहिलो जीत

एजेन्सी

मंगलबार, ०९ माघ २०८०, ०८ : ०२
आइसीसी यू-१९ विश्व कप : बंगलादेशको पहिलो जीत

File pic

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्व कप क्रिकेटमा बंगलादेश विजयी भएको छ । सोमबार सम्पन्न खेलमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको हो । 

२३६ रनको लक्ष्य बंगलादेशले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । बंगलादेशका मोहम्मद शिहाब जेम्सले नकआउट अर्धशतक पूरा गरे । अरर अमिमले नटआउट ४५, ओपनर असिकुर रहमान शिब्लीले ४४ अर्का ओपनर अदिल विन सिद्धिकले ३६, चौधुर मोहम्मद रिजवाले २१ र अरिफुल इस्लामले १३ रन बनाए । 

आयरल्यान्डका स्कट म्याकबेथले २, जोन म्याकनेली र म्याथु विल्डनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा २३५ रनको योगफल तयार गरेको थियो ।  आयरल्यान्डले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।

यो बंगलादेशको पहिलो जीत हो । पहिलो खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस