सशस्त्र प्रहरीमा ढोका खुल्यो, २०४० जना माग

पत्रपत्रिकाबाट

शुक्रबार, २२ भदौ २०७५, १२ : ५६
सशस्त्र  प्रहरीमा ढोका खुल्यो, २०४० जना माग

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २०४० जना प्रहरी माग गरेको छ । सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचीकार, ८ जना सुचीकार, ४ जना चर्मकर्मी र १० जना केसकर्तक माग गरेको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जानएको छ ।

आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुर्इ बाहिनी बर्दिबास महोत्तरी, नम्बर चार बाहिनी पोखरा, नम्बर ६ बाहिनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरिया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ ।

जवानको लागि न्युनतम ८ कक्षा पास गरे पुग्छ । जवानको लागि न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनुपर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस