दिल्ली उत्रिए लगत्तै प्रचण्ड भेटघाटमा व्यस्त

पत्रपत्रिकाबाट

शुक्रबार, २२ भदौ २०७५, ०९ : १३
दिल्ली उत्रिए लगत्तै प्रचण्ड भेटघाटमा व्यस्त

नयाँदिल्ली  ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै  भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका उनले शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग  भेट तय भएको छ ।
शुक्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुनेछन् । त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा भनाइ राख्नेछन् ।
यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् । दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस